सोसल मेडिया मा कम्पनी फसेबूकले आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भएको छ| फेसबुकले अन्य २७ वटा संस्थासँगको सहकार्यमा लिब्रा संघ बनाइ त्यसमार्फत लिब्रा नामक क्रिप्टोकरेन्सी तयार पारेको जनाएको छ। कम्पनीले आफ्नो सोसियल नेटवर्कलाई विस्तार गर्न र ई–कमर्स तथा ग्लोबल पेमेन्टमा अगाडि बढ्न क्रिप्टोकरेन्सी सन् २०२० मा लन्च गर्ने योजना सार्वजनिक गरेको हो।
कम्पनीले हाल क्रिप्टोकरेन्सीमा आधारित क्यालिब्रा नामक प्लेटफर्म लन्च गरेको छ। यो एक किसिमको पेमेन्ट सिस्टम हो जुन आगामी वर्ष मात्र उपलब्ध हुने फेसबुकका संस्थापक मार्क जुकरवर्गले बताएका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत यसको जानकारी गराएका हुन्। उनका अनुसार यो प्लेटफर्म डिजिटल वालेटको रूपमा रहनेछ जसले लिब्रा करेन्सी बचत गर्न, पठाउन र खर्च गर्न सहयोग गर्नेछ।
लिब्रालाई ग्राहकमैत्री बनाउनका लागि फेसबुकले इजरायको स्टार्टअप कम्पनी सर्भिसफ्रेन्डसँग सम्झौता गरेको छ । यो स्टार्टअप कम्पनीले फेसबुकका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित बोट तयार गर्नेछ । यो कम्पनी विशेषगरी हाइब्रिड बोट आर्किटेक्चर बनाउनका लागि प्रख्यात छ । यो प्रविधिका माध्यमबाट ग्राहकलाई ब्रिाका बारेमा जागरुक गराइनुका साथै उनीहरुका समस्या निराकरण पनि गरिनेछ ।
फेसबुक क्रिप्टो करेन्सी लिब्राका साथै थुप्रै फाइनेन्सियल सर्भिस पनि बनाउन चाहन्छ । जसको मद्दतले ग्राहक लिब्राका माध्यमबाट लेनदेन गर्न सकून् । उदाहरणका लागि फेसबुक प्रयोगकर्ता अन्य प्रयोगकर्तालाई पैसा पठाउन सकून्, बिल भर्पाइ गर्न सकून्, मोबाइल वा फोन रिचार्ज गर्न सकून् वा भनौ अरु वस्तु किन्न सकून् ।
लिब्रा करेन्सीका लागि नयाँ डिजिटल वालेट, फेसबुक म्यासेन्जर, ह्वाट्सप एप र स्ट्यान्ड अलोन एपमा २०२० सम्म उपलब्ध हुनेछ । फेसबुकले लिब्रा करेन्सीलाई सुरु गर्नका लागि विश्वभरका २७ वटा संस्थाहरुसँथ हात मिलाइसकेको छ । –एजेन्सी